श्रम शोषणविरूद्ध सडकमा उत्रिए जोरपाटीका डाक्टरहरू

7 Apr, 2025

विकास श्रेष्ठ

२४ चैत, काठमाडौं। श्रम शोषण भन्‍दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।

सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्‍दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा आएका एक आवासीय चिकित्सकले भने, ‘सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्ने हो। तर हामीले १९ हजार ५०० मात्र पाइहरेका छौं। यो हामीमाथिको चरम श्रम शोषण हो। त्यसकारण हामी आन्दोलन उत्रिन बाध्य छौं।’

सरकारले पारित गरेको न्‍यूनतम तलब दिनुको साटो आफूहरूलाई कलेजले १९ हजार ५०० मात्र दिएर श्रम शोषण गरिरहेको उनीहरूको आरोप छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024