श्रमिकहरूलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन सकिँदैन: श्रम सचिव भण्डारी

18 Dec, 2023

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्।

आज आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो कुरा बताएका हुन।उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायतका मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे।

उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरूको माग गर्दा नै त्यो देशको एजेन्सीहरूले सटेन कमिसन लिने गरेको बताए। उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए।सचिव भण्डारीले सरकारले फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे। उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको भन्दै लिँदै आएको १० हजारमा पठाउन नसकिने बताए। उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवा शुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवा शुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।

उनले अभिमुखीकरण तालिम दिन्छु भनेर खोलिएका संस्थाहरूले अभिमुखीकरण तालिम नदिए तत्काल खारेज गर्ने बताए। उनले मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाहरूले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरू खारेज गर्न लागेको बताए। उनले दर्ता गर्ने तर कर्तव्य पालना नगरेपछि त्यस्ता संस्थाहरू खारेज हुने बताए। अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ। यो वर्ष नेपालले आप्रवासी र आश्रित परिवारको संरक्षण, महिला आप्रवासी श्रमिकको सम्मान गर्न लैङ्गिक विभेदको अन्त्य, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024