श्रमिकहरूको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन माग

25 Sep, 2024

श्रमिकहरूले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरूले श्रमिकहरूले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले करको कुरामा नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले सामाजिक सुरक्षामा कर लागिरहेको भन्दै नीतिगत रूपमा यसको समाधान खोज्नुपर्ने बताए।

उनले श्रमिकहरू कार्यरत रहँदा कर व्यहोरिरहने र उपदान कोष फिर्ता लिँदा पनि कर तिर्नुपर्ने अवस्था रहेको भन्दै करको दोहोरोपनालाई पनि हटाउनुपर्ने बताए।

उनले भने, ‘करको कुरामा हामीले नीतिमा हस्तक्षेप गर्नुपर्‍यो। सामाजिक सुरक्षामा पनि करहरू लागिरहेको अवस्था छ। प्रत्यक्ष, अप्रत्यक्ष रूपमा त्यहाँ करहरू लागेको अवस्था छ। दोहोरो करको कुरा पनि आइरहेको छ। अवकाश कोषमा पनि करको कुरा आइरहेको छ। एकातिर कार्यरत अवस्थामा हामीले कर बेहोरिरहेका छौं। एकमुस्ट रूपमा राखेको उपदान कोषहरूलाई फेरि फिर्ता लिदाँखेरी फेरि कर तिर्नुपर्ने परिस्थिति निर्माण भएको छ। यी सबै किसिमका कुराहरूलाई हामीले नीतिमार्फत सम्बोधन गर्नुपर्छ।’

उनले नीतिगत व्यवस्था गरी करको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए।—न्युज एजेन्सी नेपाल

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024