श्रमको क्षेत्रमा अमेरिकाले नेपाललाई सघाउने

19 Nov, 2018

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपालका लागि अमेरिकी राजदूत रन्डे बेरीबीच भेटवार्ता भएको छ। भेटका अवसरमा राजदूत बेरीले नेपाली श्रम क्षेत्रमा अमेरिकाले सघाउने प्रतिबद्धता व्यक्त गरे। नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका साथै परस्परिक सहयोग र सहकार्यका विविध पक्षमा छलफल भयो। विष्टले श्रम आप्रवासनका क्षेत्रमा विद्यमान समस्या एवं चुनौतीहरुको बारेमा चर्चा गर्दै मन्त्रालयबाट हालसालै अघि बढाइएका नीतिगत, संरचनागत एवं प्रकृयागत सुधारका सम्बन्धमा जानकारी गराएका थिए। आन्तरिक रोजगार नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र मुलुकभित्र यथेष्ट मात्रामा आन्तरिक रोजगारीका अवसर सृजना नहुन्जेल

वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्नेतर्फ नेपाल सरकारको ध्यान केन्द्रित रहेको कुरा उल्लेख गरे। वैदेशिक रोजगारीका सम्बन्धमा हुने सवै प्रकारका ठगी, जालसाझी एवं विकृति नियन्त्रणका साथै मानव वेचविखनका सम्बन्धमा नेपाल सरकार सजग रहेको उनले बताए। नेपालले कोलम्बो प्रोसेस र जिसिएम जस्ता अन्तर्राष्ट्रिय मन्चहरुको उपयोग गर्न सक्ने विषयका बारेमा समेत छलफल भएको थियो। उक्त भेटघाटका अवसरमा नेपालमा वैदेशिक लगानी भित्र्याउन अवलम्बन गरिनुपर्ने रणनीतिका सम्बन्धमा चर्चा गर्दै मन्त्रीले अमेरिकी सहयोगको अपेक्षा व्यक्त गरे।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024