शरणार्थी शिविरमा आगलागी हुँदा एकको मृत्यु

12 Jan, 2021

अर्जुन राजवंशी

बिर्तामोड — झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । साँझ साढे ७ बजेतिर शिविरको सेक्टर डी–फोरअन्तर्गत ६० वर्षीय देशमान राईको छाप्रोमा आगो लागेको थियो ।

घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको शिविरका युवराज राईले बताए । छाप्रो पूर्ण रूपमा जलेको छ ।

आगोमा एक तोला सुन, १० तोला चाँदी, नगद तीन लाख रुपैयाँ, लत्ताकपडा, भाँडाबर्तनलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024