वैदेशिक रोजगार विभाग सुधार गर्न नयाँ महानिर्देशका यस्ता छन् १५ योजना

19 May, 2025

वैदेशिक रोजगार विभागको नेतृत्वमा आएका सहसचिव कमलप्रसाद भट्टराईले विभागका भावी योजना सार्वजनिक गरेका छन्।

शुक्रबार विभागमा पत्रकार सम्मेलन आयोजना गर्दै महानिर्देशक भट्टराईले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन भावी योजना तयार गरेको उल्लेख गरेका छन्।

शून्य सहनशीलता नीति अबलम्बन गरी निम्न कार्यहरूमा सुधार गर्ने उनको योजना छ।

१. सेवा प्रवाहमा सुशासन कायम गर्ने, प्रविधिगत सुधार गर्ने।
२. वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली(फेमिस) अध्यावधिक गर्दै यसलाई राहदानी विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग जोड्ने।
३. सेवाहरूको जानकारी वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित रूपमा गराउने।
४. विभागका सम्पूर्ण कार्य प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाइने।
५. उपत्यका भित्रका इजाजतपत्र प्राप्त संस्थाको अनुगमन थप व्यवस्थित बनाउन नियमित अनुगमन गर्ने। उजुरीको संवेदनशीलता हेरेर आकस्मिक अनुगमन बढाउने।
६. शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी), ट्राभल रेटिङ एजेन्ट लगायतले वैदेशिक रोजगार सम्बन्धी विज्ञापन गरेको विषय, राहदानी संकलन गर्ने र वैदेशिक रोजगारमा पठाइदिने भनि कसैसँग रकम लिएको पाइएमा तत्काल अनुगमन गरी कारबाहीको दायरामा ल्याउने।
७. वैदेशिक रोजगारसँग सम्बन्धित उजुरी पर्छ्यौट, राहत उद्धार र क्षतिपूर्ति समयानुकुल छुट्टै निर्देशिका÷कार्यविधि तर्जुमा गरी लागु गर्ने। व्यवसायी र पीडितबीच प्राथमिकताका आधारमा छलफल गराउने।
८. मुद्दा शाखाको अभिलेख प्रणालीलाई डिजिटलाइज्ड गरी फेमिस प्रणालीमा आबद्ध गरिने।
९. एआई नीति प्रणालीका लागि योजना बनाइ लागु गर्ने।
१०. श्रमिकका सबै विवरण नागरिक एप र राष्ट्रिय परिचयपत्रमा आबद्ध गरी सेवाग्राहीले पटकैपिच्छे आफ्नो विवरण भनिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने।
११. गन्तव्य मुलुकको भिसा रोजगारदाता कम्पनीको कन्ट्र्याक पेपरसँग सम्बन्धित तथा अन्य आवश्यक जानकारी श्रमिकसँग लिएर राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गर्ने। श्रम स्वीकृति थप छिटो, छरितो, सरल, सहज पारदर्शी बनाउँदै प्रवाह गरिने।
१२. समय सापेक्ष सर्भर एंव नेटवर्क उपकरण खरिद लगायत नयाँ प्लेटफर्मका लागि काम गर्ने।
१३. प्रणालीमा असम्बन्धित इमेल मोबाइलबाट पहुँच नहुने व्यवस्था गर्ने।
१४. प्रणाली मजबुद गरी ह्याकरहरूबाट सुरक्षित बनाउने।
१५. प्रत्येक दिन हरेक युजरबाट भएका काम कारबाहीको प्रतिवेदन तयार गरी विश्लेषण गर्ने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024