वैदेशिक रोजगार विभागका ७ बिचौलिया पक्राउ

20 Nov, 2018

प्रहरीले वैदेशिक रोजगार विभागबाट सातजना बिचौलिया पक्राउ गरेको छ । विभागबाट चाँडो श्रम स्वीकृतिको कागजपत्र मिलाइदिने भन्दै कमिसनबापतको रकम असुल्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोल्टीमोडस्थित विभागको कार्यालयबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङकी २५ वर्षीया सीता मगर, गोरखाकी ३० वर्षीया सिर्जना मगर, सिन्धुलीका ३२ वर्षीय पुष्प राई, काभ्रेका २५ वर्षीय भरत तामाङ, विराटनगरका ४३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, खोटाङका २४ वर्षीय एम गिरी र कीर्तिपुरका ५० वर्षीय रविराज बाँस्कोटा रहेका छन् । प्रहरीका अनुसार उनीहरूले बाटो हिँड्दै गरेका सर्वसाधारणलाई समेत तानेर श्रम स्वीकृतिको कागजात मिलाइदिने भन्दै दुःख दिने गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले सर्वसाधारणलाई दुःख दिने गरेको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको बताए । ‘यिनीहरूले विभागआसपास रहेर श्रम स्वीकृति लिन पुगेका सर्वसाधारणलाई कागजात छिटो मिलाइदिने प्रलोभन दिने गरेको खुल्यो । त्यसबापत केही रकम पनि लिने गरेको पाइयो,’ उनले भने । इन्स्पेक्टरविरुद्ध मुद्दा दायर

काठमाडौं/ चोर पक्रिएबापत घुस लिने इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका तत्कालीन प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

उनलाई गत महिना आयोगले १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । तीन महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको माग गरी उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो । सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न उनले जवान तिलक लामिछानेमार्फत घुस लिएका थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024