वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई अरेबियन भाषाको कक्षा

12 Oct, 2023

२४ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई अरेबियन भाषा सिकाउन थालिएको छ ।

कर्मचारीका लागि १५ दिने अरेबियन भाषा कक्षाको सुरुवात गरिएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकको धेरै श्रम गन्तव्य मुलुक अरेबियन मुलुक रहेको सन्दर्भमा कर्मचारीलाई अरेबियन भाषा कक्षा सञ्चालन गरिनु महत्वपूर्ण हुने निष्कर्षसहित कार्यालयले यस्तो कक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।

कक्षामा कार्यालयमा कार्यरत कर्मचारीसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगारी विभागका कर्मचारी समेत सहभागी छन् ।

यसबाट श्रम स्वीकृति प्रदान गर्ने कामसहित भिसा जाँच, मागपत्र र भिसामा उल्लेख हुने पेशाको जाँच लगायत विषयमा कर्मचारीको कार्यकुशलता बढ्ने अपेक्षा लिएको बताएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024