वैदेशिक रोजगारी बारे वेबसाइट बनाइने

12 Nov, 2018

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले विदेशमा गर्नुपर्ने काम, त्यहाँ काम गरेवापत पाउने तलव सुविधालगायतका विषयमा जानकारी दिने गरी नयाँ वेबसाइट निर्माण गर्ने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बोर्डले सुरु गर्न लागेको नयाँ वेबसाइटमार्फत श्रमिकले आफ्नो चाहना, रोजाइ तथा क्षमताअनुसारको काम खोज्न सक्ने र यसबाट दलालबाट ठगिने सम्भावना कम हुने बताउनुभयो ।

उहाँले वेबसाइटमार्फत आफ्नो प्रदेश वा जिल्लामा भएका वैदेशिक रोजगार व्यवसायी कम्पनी, अभिमुखीकरण तालिम केन्द्र, स्वास्थ्य परीक्षण गर्ने संस्था लगायतका बारेमा पनि जानकारी पाइने बताउनुभयो । नयाँ वेबसाइटमा वैदेशिक रोजगार विभागले प्रमाणीकरण गरेको माग मात्रै राखिने भएकाले घरमै बसेर श्रमिकले आफ्नो सीप, दक्षता र अनुभवअनुरूपको काम खोज्न सकिने जानकारी इन्जिनियर श्रेष्ठले दिनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024