वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

9 May, 2025

काठमाडौं : वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका-९ बस्ने सोही महानगरपालिका-१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ बस्ने स्याङ्जाको गल्याङ नगरपालिका-४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका छन्।

पक्राउ मध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितबाट ५ लाख २० हजार रुपैयाँ, भुपालले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ८ लाख रुपैयाँ र मिन बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७५ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौं महानगरपलिका-१२ बाट, भुपाललाई काठमाडौं महानगरपालिका-२६ बाट र मिन बहादुरलाई नागार्जुन नगरपालिका-५ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024