वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

20 Sep, 2024

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका-७ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन्।

पक्राउ मध्ये राजनले एक जना पीडितबाट ३ लाख रूपैयाँ र जय नारायणले एक जना पीडितबाट पाँच लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौं नागर्जुन नगरपालिका-२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जा वालिङ नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका-७ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन्।

पक्राउ मध्ये राजनले एक जना पीडितबाट ३ लाख रूपैयाँ र जय नारायणले एक जना पीडितबाट पाँच लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौं नागर्जुन नगरपालिका-२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024