काठमाडौं : वैदेशिक रोजगारीमा जान अहिलेसम्म ५५ लाख २७ हजार जनाले श्रम स्वीकृति लिएका छन् । २०७९ फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५५ लाख २६ हजार ७ सय ४ पुगेको हो । जसमध्ये पुरुष ९४.४ प्रतिशत र महिला ५.६ प्रतिशत रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्म श्रम स्वीकृति लिने ३ लाख ३७ हजार १ सय ४४ जना रहेका छन् । जसमध्ये पुरूष ९० प्रतिशत र महिला १० प्रतिशत रहेका छन् ।
२०७९ फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपीएस प्रणालीमार्फत् ८५ हजार ८ सय ४ कामदार दक्षिण कोरिया गएको आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणमा उल्लेख छ।