वैदेशिक रोजगारीमा जानेलाई ठगे तत्काल कारबाही गर्छु : मन्त्री अर्याल

6 Feb, 2023

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सुध्रन चाहने म्यानपावर व्यवसायीलाई सरकारले समय दिएको उल्लेख गर्दै उनले दिएको समयभित्र सुधार नभए कानुनी कारबाही गर्ने चेतावनी दिए । मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रूपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यहीअनुसार अनुसन्धान गरिरहेको बताए ।

‘म्यानपावरहरू र व्यवसायीहरूलाई सुध्रिनका लागि समय दिन्छौँ । दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकहरूलाई ठगी गर्ने म्यानपावर र व्यवसायीहरूलाई कारबाही गर्न सकैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024