वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा समेटिने

15 May, 2020

सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ ।

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउन वैदेशिक रोजगारीमा जाने युवालाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति सरकारले लिएको जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश जाने युवाका लागि सामाजिक सुरक्षा योजनामा समावेश गर्ने नीति सरकारले लिएको उल्लेख गरेकी हुन् ।

त्यस्तै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने योजना सरकारले राखेको छ । ।

सरकारले सामाजिक सुरक्षालाई दिगो बनाउने नीति अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024