वैदेशिक रोजगारीमा जानेले सबै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने गरी कानुन बन्दै

26 Apr, 2023

विदेशमा रोजगारीका लागि जानुको मुख्य कारण मुलुकमा रोजगारको अवसर नहुनु हो। स्वदेशमा रोजगार नपाएपछि रोजीरोटीका लागि बिदेसिने प्रचलन नेपालीको सन्दर्भमा पुरानो हो।

विदेशमा नेपालीले श्रम गर्न कहिलेदेखि थालेको हो, त्यसको तथ्यगत प्रमाण नभए पनि १९औं शताब्दीतिर नेपालबाट पहिलोपल्ट भारतको ‘लाहोर’ त्यहाँको शिख शासक रनजित सिंहको सुरक्षाका लागि सेनामा भर्ती हुन थालेपछि ‘लाहोर’ १२ वैशाख, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेले नेपाल सरकारबाट स्वीकृत प्राप्त सबै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न सक्ने गरी व्यवस्था गर्ने भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले यस्तो व्यवस्था २ महिना भित्र मिलाउन श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयलाई जिम्मेवारी दिएको छ । मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यस्तो व्यवस्था गर्ने भएको छ ।

अहिले वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षण श्रम मन्त्रालयमा सूचीकृत भएका निजी क्लिनिकबाट हुँदै आएको छ । यसरी हुने स्वास्थ्य परीक्षणका दौरान गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको र वैदेशिक रोजगारीमा गएका कामदार कार्यस्थलमा हुने स्वास्थ्य परीक्षणमा कैफियत आई कामै नगरी फिर्ता आउनु पर्ने अवस्था भएको भन्दै सरकारले सबै अस्पतालबाट स्वास्थ्य परीक्षण हुने व्यवस्था गर्न लागेको हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024