वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत आरक्षण

29 May, 2022

१५ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण घोषणा गरेको छ । आगामी आर्थिक वर्षबाट यस्तो नियम कार्यान्वयनमा आउने भएको हो ।

धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाउने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरे । दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने भएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024