वैदेशिक रोजगारीको बाहानामा दुबई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

25 Jun, 2024

काठमाडौं : वैदेशिक रोजगारीको बाहानामा दुबई पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको

ललितपुर महानगरपालिका-८ का ४२ वर्षीय मनोज महर्जन रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार उनले श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीको पठाउने भनि झुक्याई भिजिट भिसामा दुबईमा पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्ट अफिसमा लागि बेचबिखन गरेको खुल्न आएको छ। गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै पुर्‍याएकोमा ब्यूरोले विभिन्न निकायसँग समन्वय गरेर फागुन १९ गते दुबईबाट उद्धार गरेको थियो।

हाल पक्राउ परेका प्रतिवादी यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद भुक्तान गरी २०७९ चैतमा कारागारबाट छुटेको खुल्न आएको सूचना अधिकारी गौतम मिश्रले बताए। उनका अनुसार प्रतिवादीले जाहेरवालालाई दुबईमा टिस्यु पेपर प्याक गर्ने कम्पनीमा मासिक १८०० दिराम तलब हुने प्रलोभन देखाएर पीडितबाट २ लाख ९० हजार लिएको खुलेको छ।

एजेन्ट अफिसले जाहेरवालालाई बन्धक बनाई विभिन्न व्यक्तिहरुको घरमा घरेलु कामदारको रुपमा पठाई शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण समेत गरेको खुल्न आएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024