वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

6 Mar, 2025

वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा स्याङजाको बिरुवा गाउँपालिका-६ घर भई काठमाडौंको तारकेश्वर बस्ने २६ वर्षीय सुन्दर केसी र बाग्लुङको निसीखोला  गाउँपालिका-६ घर भई हाल काठमाडौंको टोखा बस्ने ५१ वर्षीय किरण घर्ती रहेका छन्। 

केसीले अजरबैजान पठाउने भनेर १२ लाख ७० हजार र घर्तीले सर्बिया पठाउने भनेर साढे ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएकोमा पीडितहरुले जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए। उनका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024