वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्नेले दिए रकम फिर्ता

27 Jun, 2023

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्नेले रकम फिर्ता गरेको छ।

वैदेशिक रोजगारको प्रलोभन दिएर ठगी गरेको दुई लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा फिर्ता भएको हो।

सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का राम सोगारथ साहको छोरा वीरेन्द्र साहले वैदेशिक रोजगारमा पठाई दिने भनी ठगी गरेको रकम दुई लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा फिर्ता गरेका हुन्।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ का सूर्या कुमार साहकी आमा रामरिखी देवीले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको आधारमा छानबिन गर्दा ठगी गरेको रकम फिर्ता भएको हो। ठगी गर्नेले महिलाको हातमा रकम दिएको सर्लाहीका प्रजिअ इन्द्रदेव यादवले जानकारी गराएका छन्।

वैदेशिक रोजगारीमा भएका ठगी घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिने कानुनी व्यवस्था रहेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024