वैदेशिक अध्ययनमा जाने विद्यार्थी लक्षित गरेर ग्रेस इन्टरनेशनले शैक्षिक मेला गर्ने

12 Nov, 2024

ग्रेस इन्टरनेशनले वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक मेला आयोजना गर्ने भएको छ।

ग्रेस इन्टरनेशनलले देशका प्रमुख ९ सहरमा शैक्षिक मेला आयोजना गर्न लागेको संस्थापक निर्देशक एन्ड्रु पौडेलले जानकारी दिए।

उनकाअनुसार इटहरीमा सोमबार शैक्षिक मेलाको आयोजना भइरहेको छ।

काठमाडौंमा नोभेम्बर १३ अर्थात बुधबार शैक्षिक मेलाको आयोजना हुनेछ।

चितवनको पर्सामा बिहीबार र नारायणघाटमा शुक्रबार शैक्षिक मेला हुने उनले बताए।

त्यस्तै नवलपुरको कावासोतीमा शनिबार र बुटवलमा आगामी आइतबार शैक्षिक मेलाको आयोजना हुनेछ। दाङमा आगामी सोमबा, बागलुङमा नोभेम्बर २० अर्थात् मंसिर ५ गते र पोखरामा मंसिर ६ गते मेलाको आयोजना गरिने संस्थापक निर्देशक पौडेलले जानकारी दिए।

मेलामा २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष भेटघाट गर्न पाउने उनले बताए।

शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्युजिल्यान्ड, क्यानाडा, युएइ, दक्षिण कोरिया, युरोप लगायतका मुलुकका शैक्षिक संस्थाका प्रतिनिधिहरू नै आएर परामर्श दिने उनले बताए।

वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरू मर्कामा नपरून्, उनीहरूले सही जानकारी पाऊन् भनेर बर्सेनि यस्ता मेला आयोजना गर्ने गरिएको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024