विभागले भन्यो– अभिमुखीकरण तालिम शुल्क ७०० हो दुई हजार ८०० होइन

30 Sep, 2024

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरूलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम शुल्क नबढेको जनाएको छ।

विज्ञप्ति जारी गर्दै विभागले हाल अभिमुखीकरण तालिम दुई दिन मात्रै सञ्चालन हुने र तालिम शुल्क ७०० रूपैयाँ नै रहेको जनाएको छ।

तीनदिने अभिमुखीकरण तालिम लागू भएको तथा तालिम शुल्क बढेर दुई हजार ८०० सय रूपैयाँ नपुगेको जनाएको छ।

विभागले अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन अधिकतम प्रयास गरिरहेको जनाएको छ।

तालिम प्रदायक संस्थाहरूलाई तोकिएको मापदण्ड अनुसार तालिम सञ्चालन गर्न आइरिस मेसिन जडान गर्न अनुरोध गरेको विभागले जनाएको छ।

‘नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले हाल प्रचलनमा आएको बायोमेट्रिक हाजिरी मेसिन दुरूपयोग गरी नक्कली हाजिर गर्ने गरेको हुनाले आइरिस मेसिन जडान गर्न पटक पटक विभागलाई अनुरोध गरेको हो।
प्रशिक्षार्थीहरूको बायोमेट्रिक थम्प हाजिरी प्रभावकारी प्रयोग नभएकोले सबै अभिमुखीकरण प्रदायक तालिम दिने संस्थाहरूले फेस टाइम एण्ड आइरिस रेकोनाइजेसन सिस्टम लागु गर्न निर्णय भएको हो,’ विज्ञप्तिमा भनिएको छ।

असोज १५ गतेदेखि अनिवार्य रूपमा सबै तालिम प्रदायकले उक्त प्रणाली लागू गर्नुपर्ने विभागले जनाएको छ।

साथै, भाषा परीक्षाका विषयमा पनि कुनै निर्णय नभएको विभागको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024