विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई

20 Nov, 2023

इजरायल युद्धमा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले इजरायली डिफेन्स फोर्सलाई उद्रीत गर्दै हमासले विपिन जोशीलाई बन्धक बनाएर गाँजा क्षेत्रतर्फ लगेको जानकारी दिएका हो।मङ्सिर ४ गते बिहान विज्ञप्ति जारी गर्दै दूतावासले आइडिएफका प्रवक्ताले दूतावासका प्रवक्तालाई उक्त जानकारी दिएको जनाएको छ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी पनि दिएको छ।विपिनका परिवारले सरकार समक्ष उनको खोजीका लागि बारम्बार आग्रह गर्दै आएको छ।

जोशी गाँजा क्षेत्रमा सुरक्षित रहेको खबर प्राप्त भएको परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिएका छन्।

विपिनको अवस्थाबारे इजरायल मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको र इजरायली डिफेन्स फोर्सले इजरायलस्थित नेपाली दूतावासलाई विपिन गाँजा क्षेत्रमा सुरक्षित रहेको जानकारी दिएको उनले बतायो।

जोशी गाँजा क्षेत्रमा सुरक्षित रहेको खबर प्राप्त भएको परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिएका छन्।

विपिनको अवस्थाबारे इजरायल मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको र इजरायली डिफेन्स फोर्सले इजरायलस्थित नेपाली दूतावासलाई विपिन गाँजा क्षेत्रमा सुरक्षित रहेको जानकारी दिएको उनले बतायो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024