विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः मन्त्री भट्टराई

31 Jul, 2024

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छन्।

मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा बोल्दै उनले नेपाल प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताइन्।

रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको भन्दै उनले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेकोमा जोड दिइन्।

‘विगतमा त्रिविका ४ वटा अनुसन्धान केन्द्र निकै सक्रिय थिए। राष्ट्रिय जीवनका शिक्षा प्रशासन विज्ञान तथा प्रविधि, अर्थतन्त्र, इतिहास तथा संस्कृति लगायत लगायतका क्षेत्रमा उल्लेख्य अनुसन्धन गर्न र तिनको प्रभाव देशव्यापी रुपमा फैल्याउन सफल थिए। यद्यपि हाल विभिन्न कारणले यी अनुसन्धान केन्द्र अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन्, उनले भनिन्, ‘तर नेपाल सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने र नेपाल सरकारका विभिन्न अनुसन्धानहरुलाई समेत विश्वविद्यालयका तिनै अनुसन्धान केन्द्रहरुमार्फत गतिविधि अख्तियार गर्ने र आगामी दिनमा ति केन्द्रहरुलाई नेपाल सरकारको थिंक ट्यांकको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।’

मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई कडाइका साथ लागू गर्नुपर्ने बताइन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024