विदेश पठाउने भन्दै ठगेको आरोपमा तीन जना पक्राउ

9 May, 2025

२५ वैशाख, काठमाडौं । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, सोही ठाउँका २४ वर्षीय रूपेश ढकाल र दाङकी ५० वर्षीया मोतिसरा खत्री छन् ।

प्रहरीका अनुसार सुर्खेती र ढकालले जर्मनी पठाउने भन्दै दुई जना पीडितसँग ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

खत्रीले अमेरिका पठाउने भन्दै एक जना पीडितसँग ५ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024