विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

18 Mar, 2025

४ चैत, काठमाडौं । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका नगरपालिका–३ का ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका–६ का २८ वर्षीय दीपेश राउत छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राउतले क्यानडा पठाउने भन्दै एक जनाबाट चार लाख र तामाङले माल्टा पठाउने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024