विदेश जाने युवालाई अनावश्यक दु:ख नदिनुस् : प्रधानमन्त्री

17 Mar, 2023

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दु:ख नदिन निर्देशन दिएका छन्। बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौं समस्या भोग्नुपरेको भन्दै अनावश्यक दु:ख नदिन निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्रीले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा,मेडिकल टेस्ट गर्दा,अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दु:ख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दु:ख दिने,आलटाल गर्ने,ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।’

प्रधानमन्त्री प्रचण्डले वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी कामहरू समयमा सम्पन्न गर्न समेत निर्देशन दिएका छन्। उनले भने,’मन्त्रालयले आफ्नो वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने,मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, विकास निर्माणमा सहजीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, सेवा प्रवाह र सुशासन कायम गर्ने सवालमा आगामी दिनमा पनि लागी पर्नु हुने नै छ। साथै केही विषयमा अझ सक्रियताका साथ कार्य सम्पादन गर्न पनि म निर्देशित गर्दछु।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024