विदेशी जेलमा ज्यान गुमाउँदै नेपाली

6 May, 2012

मोरङ, उर्लाबारीका विनोद कार्कीको साउदी अरबको दमामस्थित सफर जेलमा उपचार नपाएर बुधबार साँझ मृत्यु भएको छ । उनी घर फिर्न जेल छिरेका थिए । ‘एक महिनादेखि उहाँ निकै बिरामी हुनुभएको थियो । उपचार गर्न हामीले जेलप्रशासनलाई गुहारिरहेका थियौं,’ जेलभित्रै रहेका इलाम सुनाचुलीका विजयपाण्डेले फोनमा भने, ‘उपचार नपाउँदा अकालमा ज्यान गयो ।’ त्यही जेल भ्रमणगर्न केही दिनअघि मात्रै पुगेका राजदूत उदयराज पाण्डेले जेल प्रशासनलाईअनुरोध गरी उनका आफन्तलाई जिम्मा लगाई बाहिर राखेर उपचार गर्ने प्रबन्धमिलाएका थिए ।

घर र्फकन जेल प्रवेश गरेका नेपालीमध्ये उपचार अभावमा ज्यान गुमाउने कार्कीएक्ला होइनन् । नौ महिनादेखि सफर जेलमै रहेका जितपुर-४, कपिलबस्तुकाअश्वानकुमार न्यौपानेले भने, ‘म जेलभित्र प्रवेश गरेयता पाँच जनाको ज्यानगइसकेका छ । जेलभित्रको कठिन जीवन सहन नसकेर कसैले शौचालयभित्र आत्महत्यागरेका छन् । कोही पागल भएका छन् ।’ उनका अनुसार जेलभित्रको स्थिति निकैदयनीय छ । ‘हेर्नुस्, यहाँभित्रको कारुणिक अवस्था हामीले शब्दमा वर्णन गर्नसक्तैनौं,’ सफर जेलको ४ नम्बर कोठाबाट फोनमा सुनाए ।

त्यही जेलको ५ नम्बर कोठामा रहेका सुरुंगा झापाका सुरज कार्कीका अनुसारअधिकांश कामदार बिरामी परेका छन् । ‘अहिले दुई जना नेपालीको अवस्था निकैगम्भीर छ । हामीले प्रहरीलाई बोलाएर उपचार गर्न पठाऊ भन्दा प्रहरीले उल्टैपिट्छ,’ कार्कीले भने, ‘हिजो एउटा मर्‍यो । भोलि अर्को नमर्ला भन्न सकिँदैन।’ कार्की जेल छिरेको दुई महिना पुगिसकेको छ । एउटै कोठामा सयौं कामदारराख्दा उकुसमुकुस भई बिरामी हुने र समयमा उपचार नपाउँदा ज्यान जाने गरेकोअर्का पीडित काठमाडौंका राजकुमार गुरुङले बताए । ‘५० जना अट्ने क्षमता रहेको कोठामा ३ सय जनासम्म नेपाली कामदार राख्नेगरेको रहेछ,’ राजदूत पाण्डेले परराष्ट्र र श्रम मन्त्रालयलाई प्रतिवेदनपठाउँदै भनेका छन्, ‘त्यसरी जेलभित्र बस्ने नेपालीले तनाव भोगेका छन् ।’ साउदीको दमाममा मात्रै दुई लाखभन्दा बढी नेपाली कार्यरत छन् । एउटाकम्पनी, काम र तलबमा गएका कामदार साउदीमा फरक कम्पनी, काम र तलबका कारणबाध्य भएर भाग्ने गर्छन् । ‘मलाई विद्युत्को काम गर्ने भनेर ल्याइयो,’ गुरुङले भने, ‘यहाँ आएपछि बाख्रा, भेडा र उँट हेर्न लगायो । मरुभूमिमा अलिमहिना काम गरेपछि बाध्य भएर भाग्नुपर्‍यो ।’      त्यसरी भागेका कामदारले स्वदेश फिर्नुपरे अनिवार्य जेल जानुपर्छ । साउदीकोअन्य भागमा काम गर्ने नेपाली जेल जान दमाम जाने गरेका छन्  । दूतावासकाअनुसार सफर जेलमा मात्रै झन्डै एक हजार नेपाली छन् ।   राजदूत पाण्डेले साउदी जेल प्रशासनले एउटा कामदारलाई सजायको प्रक्रिया पूरा गरेर पठाउन कम्तीमा तीन महिना लगाउने जानकारी दिए ।   दमाममा दूतावासका कर्मचारी नहुँदा नेपालीले जेलभित्र ठूलो सास्तीखेप्नुपरेको इलामका विजयले बताए । ‘घर जान भनेर जेलभित्र छिरियो । यहाँ तमृत्युको सिकार पो हुनुपर्ने डर छ,’ उनले भने, ‘दमाममा दूतावासको कर्मचारीनभएर नेपालीले सास्ती लिनुपर्‍यो ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024