विदेशमा रहेका नेपालीलाई राहदानी वितरणमा सहज बनाइने

15 May, 2024

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज रुपमा गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि स्वदेश र विदेशमा रहेका नेपालीले सहज रुपमा राहदानी पाउने व्यवस्था गरिने बताउनुभयो ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय एकीकरणसँग सम्बन्धित पुरातात्विक सम्पदा, पदमार्गको पहिचान गरी स्तरोन्नति गर्ने भएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा राष्ट्रिय एकीकरणसँग सम्बन्धित सम्पदाको पहिचान र स्तरोन्नति गर्ने बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024