‘विदेशमा रहेका नेपालीको अवस्था बुझ्न अन्तर्राष्ट्रिय सेल गठन गरौं’

7 Mar, 2025

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अमेरिकालगायतका देशबाट अपमानजनक तरिकाले नेपालीलाई फिर्ता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानव अधिकारको रक्षा गर्न माग गरेका हुन्।

पौडेलले भने,‘अमेरिकालगायतका देशबाट भर्खरै निकै अपमानजनक तरिकाले हातमा हत्कडि, नेल र मानव अधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत हुने गरी नेपालीलाई फिर्ता गरिएको छ। अन्य विभिन्न देशबाट डिपोर्ट भइरहेका छन्।’

उनले विदेशमा रहेका नेपालीको अवस्था बुझ्न एउटा सेल गठन गर्न माग गरे।‘विदेशमा रहेका नेपालीको सुरक्षा गर्नका निम्ति र सहजता पूर्वक फिर्ता गर्नका निम्ति, उनीहरुको अवस्था बुझ्न नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत एउटा गम्भीर प्रकारको अन्तर्राष्ट्रिय सेल गठन गर्नुपर्छ’पौडेलले भने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024