विदेशमा कोरोना संक्रमणबाट थप तीन नेपालीको निधन

3 Jan, 2021

कोरोना संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एकजना र  पोर्चुगलमा दुईजनाको  निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन  हुनेको संख्या तीन सय १५ पुगेको  छ ।

समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये  ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । 

यस्तै समितिका अनुसार यो साता  स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024