विदेशबाट फर्किन चाहनेलाई ल्याउने योजनाबारे प्रधानमन्त्रीलाई सिसिएमसीको ब्रिफिङ

20 May, 2020

सन्जिब बगाले

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी) ले विदेशबाट फर्किन चाहने नेपालीलाई कसरी ल्याउने भनेर तयार पारेको योजनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ।

बुधबार सिसिएमसीको कार्यालय रहेको छाउनीमा भएको ब्रिफिङमा तत्काल १३ लाख ५० हजार नेपालीलाई स्वदेश फर्काउन सकिने गरी तयार पारिएको प्रस्तावित योजना प्रस्तुत भएको थियो।

सिसिएमसीले तयार पारेको योजनामा जहाजबाट १० लाख र भारतबाट ३ लाख ५० हजार ल्याउन सकिने उल्लेख छ।

भारतबाट आएकामध्ये झण्डै १५ प्रतिशतलाई कोरोना संक्रमण हुने अनुमान रहेको छ।

विदेशबाट आउनेहरूलाई सीमाना र विमानस्थलदेखि कसरी उनीहरूको घरसम्म पुर्‍याउने लगायतका योजना समेत प्रधामन्त्रीसमक्ष प्रस्तुत भएको बैठकमा उपस्थित निकट स्रोतले सेतोपाटीलाई बतायो। 

सिसिएमसीले प्रस्तुत गरेको कार्ययोजनलाई संशोधनसहित पारित गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएको स्रोतले बतायो।

‘सिसीएमसीको प्रस्तावालाई केही परिमार्जन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,’स्रोतले भन्यो,’हाम्रो क्वारेन्टाइन क्षमता र प्रदेश तथा स्थानीय सरकारले गर्न सक्ने कामका आधारमा योजना बनाउन भन्नुभएको छ।’

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024