विदेशबाट आउने यात्रुले महसुल सुविधामा कतिवटा मोबाइल ल्याउन पाउँछन् ?

26 May, 2023

अर्थ ज्ञान

विदेशबाट फर्किने यात्रुले आफू‌ले प्रयोग गरिरहेको एक थान मोबाइल फोन भन्सार महसुल नतिरी ल्याउन पाउनेछन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप एउटा मोबाइल फोनसमेत ल्याउँदा कुनै पनि महसुल लाग्नेछैन ।

नेपालमा मोबाइल फोनको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणालीमा दर्ता नभएका मोबाइल फोन सञ्चालन हुनेछैनन् ।

एक : नेपाल सरकारको २६ वैशाख ०८० को मन्त्रिपरिषद्को निर्णयअनुसार विदेशबाट फर्किने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल महसुल नतिरी ल्याउन पाउने एक थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नुपर्दैन । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् ।

दुई : श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको सम्बन्धमा भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्नेछ ।भन्सार विभाग

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024