विज्ञापन छापिएको सात दिनपछि मात्रै म्यानपावरले मलेसिया जाने श्रमिक छनोट गर्नुपर्ने

4 Jun, 2022

मलेसिया रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन छनोट तथा स्वास्थ्य परीक्षण प्रकृयामा नयाँ व्यवस्था लागू हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, म्यानपावर तथा व्यवसायीहरुबीच बिहीबार भएको छलफलमा पूर्वस्वीकृति लिइसकेपछि विज्ञापन प्रकाशित भएको मितिले ७ दिन कटिसकेपछि मात्र मलेसिया जाने कामदार छनोट गर्नुपर्ने निर्णय भएको हो।

त्यस्तै पूर्वस्वीकृतीको लट नबर उल्लेख गरी कामदारको स्वास्थ्य परीक्षण गर्न पठाउने निर्णय भएको छ। स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य व्यवसायीले प्राथमिकताका आधारमा फस्ट कम फस्ट सर्भिस सेवा उपलब्ध गराउनुपर्ने निर्णय भएको छ।

वैदेशिक रोजार विभागले पूर्वस्वीकृति लिई कामदार छनोट भएको मितिभन्दा अगाडि स्वास्थ्य परीक्षण गराएको रिपोर्टलाई जेठ २३ गते सोमबारभन्दा पछि मान्यता प्रदान नगर्ने उल्लेख गरिएको छ। त्यस्ता कामदारको श्रम स्वीकृति पनि नहुने बताइएको छ।

बायोमेट्रिक मेडिकलसँग आबद्ध स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुले सरकारले तोकेको स्वास्थ्य परीक्षण शुल्क पाँच हजार पाँच सय रुपैयाँ मात्र लिनुपर्ने छ। बायोमेट्रिक सिस्टम शुल्क मलेसिया सरकारले तोकेको तीन हजार एक सय ६४ रुपैयाँ भन्दा बढी लिन पाइने छैन। स्वास्थ्य परीक्षण गराएका कामदारलाई शुल्क तिरेको बिल अनिवार्य उपलब्ध गराउनु पर्नेछ।

म्यानपावर व्यवसायीहरुले कामदारको श्रम स्वीकृति लिइसकेपछि उडान हुनुभन्दा तीन दिनअघि उडान तालिका वैदेशिक रोजगार विभागलाई उपलब्ध गराउनुपर्नेछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024