वर्ल्ड गभर्मेन्ट समिटमा आप्रवासी नेपालीको हकहित संरक्षणमा जोड

15 Feb, 2023

संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुवईमा द वर्ल्ड गभर्मेन्ट समिट भइरहेको छ। युएई सरकारको निमन्त्रणामा त्यहाँ ९० भन्दा बढी मुलुकहरू, २५ भन्दा बढी मुलुकका राष्ट्र प्रमुख तथा सरकारी अधिकारीहरूको सहभागिता छ।

१२ देखि १५ फेब्रुअरी २०ं२३ सम्म आयोजना हुने उक्त समिटमा नेपाल सरकारको तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालको नेतृत्वमा युएईस्थित नेपाली दूतावासका राजदूत कृष्णप्रसाद ढकाल र मन्त्रालयका उपसचिव कविराज उप्रेतीले सहभागिता जनाएका छन्।

उक्त सम्मेलनमा दिगो विकास, सेवा प्रवाहमा नविनतम प्रयोग श्रम बजारमा डिजिटलाइजेसन, जलवायु परिवर्तन लगायत विषयमा छलफल चलिरहेको छ।

त्यस्तै, मध्य एसियाली मुलुकहरूमा केन्द्रीत रहेर रूम बजारको अवस्था तथा श्रमिकहरूको हकहितका सम्बन्धमा मुलुकहरूको समुहगत छलफल भएको छ।

छलफल कार्यक्रममार्फत सचिव एक नारायण अर्यालले आप्रवासी नेपालीहरूको हकहितमा जोड दिए। नेपालले हालै वैदेशिक रोजगारका सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाएको पनि उनले बताए।

सामाजिक सुरक्षामा सबै नेपाली श्रमिकहरू जोड्ने सरकारको कदम रहेको पनि उनले स्पष्ट पारे। त्यस्तै, न्यायोचित भर्नामा पनि सरकारले जोड दिएको सचिव अर्यालको भनाई थियो।

भर्ना प्रकृयामा देखिएको अनियमितता हटाउने तथा गन्तव्य मुलुकहरूमा पनि नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चितता हुनुपर्ने धारणा उनले राखे।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024