लेबनानमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, सहायताका लागि तोक्यो सम्पर्क व्यक्ति

1 Aug, 2024

लेबनानमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गर्दै लेबनानमा विकसित घटनाक्रमबाट सतर्क रहन आग्रह गरेको हो।

इसराइलले लेबननको राजधानी बेरूतमा हवाइ आक्रमण गरी हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमाण्डर फुआद शुक्रको हत्या गरेपछि विकसित घटनाक्रमपछि त्यहाँ नेपालीहरूलाई सुरक्षित रहन दूतावासले आग्रह हो।

दूतावासले सहायताका लागि नेपाली राजदूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

दूतावासले कायरोमा द्वितीय सचिव दीपक घिमिरे र तृतीय सचिव माधवराज काफ्लेलाई सम्पर्क व्यक्ति तोकेको छ।

घिमिरेलाई ‌+२०१०९७७७२३४८ र काफ्लेलाई +२०१००२५०५९९७ मा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ।

बेरूतमा अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई +९६१३३०११८, +९८१७१६८८८२१ र +९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

साथै, लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक गर्ने दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराइदिन पनि दूतावासले अनुरोध गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024