लकडाउनअघि नै मलेसियाबाट फर्किएका थिए सिरहाका संक्रमित

16 May, 2020

सिरहामा शनिबार भेटिएका संक्रमित गत फागुन २८ गते वैदेशिक रोजगारीको क्रममा मलेसियाबाट घर फर्किएका खुलेको छ।

सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाका ३० वर्षीय उक्त पुरूषमा कोरोना भाइरसको संक्रमण भेटिएसँगै प्रदेश दुईको आठ वटा जिल्ला कोरोना भाइरसबाट प्रभावित भएका छन्।

मलेसियाबाट आएका ती पुरूषलाई सुरूमै १४ दिनसम्म क्वारेन्टाइनमा राखी घर पठाइएको थियो।

‘तर पाँच दिनअघि उनको थ्रोट स्वाब संकलन गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो’, सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले भने।

संक्रमित पुरूषको सम्पर्कमा आएकाहरूको खोजी गर्ने काम सुरू भएको प्रजिअ गुरागाईंले बताए। 

उनी लकडाउन अघि नै नेपाल आएका थिए। सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो। जुन हालसम्म लागू भइरहेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024