रोजगारीको ग्यारेन्टी र डिपेन्डेन्ट भिसाको प्रलोभनमा नपार्न कन्सल्टेन्सीलाई मन्त्रालयको निर्देशन

14 Mar, 2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई वैदेशिक शैक्षिक सेवा उपलब्ध गराउँदा फ्रि भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसाको प्रलोभनमा नपार्न सचेत गराएको छ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिक, २०७३ बमोजिम शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा र तयारी कक्षा सञ्चालनको लागि स्वीकृति प्राप्त गरेका संस्थाहरूको नवीकरण कार्य जारी रहेको जानकारी दिँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

अनुमति नलिई शैक्षिक मेला, भेला तथा प्रदर्शनीलगायतका कार्यहरू नगर्नसमेत मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयको अभिलेखमा कायम नरहेका शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी अध्ययनका लागि सिफारिस नगर्न पनि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई भनेकाे छ।

मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूलाई वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्श लिने आग्रह गरेको छ। अध्ययन गर्न चाहेको शिक्षण संस्थाले उपलब्ध गराउने उपाधि, तह र अवधिको समकक्षता तथा वैधानिकताबारे सुसूचित हुन भनेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024