रेमिट्यान्सले ल्याएको परिवर्तन

26 Apr, 2023

सविता खड्का

शब्द प्रचलनमा आउन थालेको बुझिन्छ। त्यसपछि विस्तारै नेपालबाट पैसा कमाउनको लागि बिदेसिनेहरुलाई ‘लाहुरे’ शब्द भन्न थालेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालको कथन छ।

यसरी नेपालीको आर्थिक स्तर उकास्न वैदेशिक रोजगारले पनि ठुलो भूमिका खेलेको छ। किनकि देशमा रेमिट्यान्स भित्रिन्छ अनि देशको आर्थिक अवस्थामा सुधार हुन्छ।

नेपाल अंग्रेज युद्ध सन् १८१४ नोभेम्बर १ पछाडि वैदेशिक रोजगारको सुरुवात औपचारिक रुपमा भयो। नेपालीलाई युद्धपछाडि ब्रिटिस सेनामा लिन थालियो सेनाबाहेक अन्य कामका लागि पनि परिवारसहित वैदेशिक रोजगारमा जान थाले।

यसरी वैदेशिक रोजगारमा नेपाली कामदार विस्तारै संलग्न भएको पाइन्छ। नेपालबाट विदेश जाने क्रम २०४० सालबाट सुरुवात भए पनि २०४६ सालको बहुदलीय व्यवस्थापछि फाट्टफुट्ट बिदेसिने गरेको विभागका अधिकारीले बताए। बहुदलीय व्यवस्था लागु भएसँगै विश्वव्यापीकरणले गर्दा २०५० सालबाट अलि बढी बिदेसिने जारी भएको भुसालले बताए।

वैदेशिक रोजगारी विभागले वैदेशिक रोजगारमा जानेको संख्याको तथ्यांक राख्नुभन्दा अगाडि पनि वैदेशिक रोजगारमा धेरै नेपाली विदेश जाने गर्थे। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०४६/९/७ गतेदेखि गत २०७९/१२/३० सम्म श्रम स्वीकृत लिएर विभिन्न मुलुक जानेको संख्या ७९ लाख ५७ हजार ८ सय २७ जना रहेको छ। त्यसमध्ये ७५ लाख ५२ हजार ७१ जना पुरुष र ४ लाख ५ हजार ७ सय ५६ जना महिला श्रम स्वीकृति लिएर बिदेसिएका थिए।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०५०/५१ देखि २०६२/६३ को असार मसान्त सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने जम्मा ७ लाख ५८ हजार ६ सय ७५ जना छन्। त्यस्तै २०६३/६४ देखि २०६७/६८ असार मसान्त सम्म १३ लाख २२ हजार ३ सय ५९ जना छन् भने त्यसमध्ये ३४ हजार १ सय ४१ महिला र १२ लाख ८८ हजार २ सय १८ पुरुष रहेको विभागका सूचना अधिकारी भुसालले जानकारी दिए।

वैदेशिक रोजगारमा बिदेसिनेको संख्या यसरी क्रमशः बढ्दै गएको देखिन्छ। यसको मुख्य कारण देशको बेरोजगारी र गरिबी हो। नेपालको सन्दर्भमा हेर्दा यहाँ रहेको जनशक्ति पूर्ण रुपमा परिचालन भएको छैन। कृषिमा संलग्न धेरै जनसंख्या अर्धबेरोजगारको अवस्थामा छन्।

वैदेशिक रोजगारमा जाने नेपालीको २०४६ पुस ७ गतेदेखि गत वर्ष २०७९ चैत ३० गते सम्मकै तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली २२ लाख १५ हजार ९ सय १ कतार गएका छन्। त्यस्तै दोस्रो ठुलो मुलुक मलेसिया १८ लाख ७६ हजार २ सय २९ र तेस्रो ठुलो मुलुक साउदी अरबमा १७ लाख ७१ हजार ५ सय ५८ जनशक्ति विदेश पलायन भएको देखिन्छ। त्यसैगरी १२ लाख ९३ हजार ६ सय ५१ जना दुवईमा, ३ लाख २ हजार २ सय १७ कुबेतमा, १ लाख ५ हजार ३ सय ३० जना बहराइनलगायतका विभिन्न देशमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत गरी बिदेसिएका छन्।

यसरी बिदेसिने क्रममा सहरका भन्दा ग्रामीण भेगका युवा बढी मात्रामा जाने गरेको विभागका सूचना अधिकारी भुसालले बताए। प्रायः १८ वर्षदेखि ४५ वर्षसम्मका युवापुस्ताले वैदेशिक रोजगारलाई पछ्याएको विभागका अधिकारी बताउँछन्।

अधिकारी भुसालले भने, ‘उनीहरु आफ्नो भविष्य सुखमय बनाउने सपना लिएर ज्यानको बाजी लगाई पैसा कमाउने उद्देश्यले विदेश पलायन हुने गरेका छन्। नेपालमा भएको उच्च जनसंख्या वृद्धि र बेरोजगारका कारण नेपाली युवा कामको सिलसिलामा भौंतारिँदै रोजगारका लागि विदेश जाने क्रम दिनदिनै बढ्दै गएको छ।’

यसरी युवाहरु उमेर पुगेपछि विदेशतिर पलायन हुने कारणले गाउँसमाजमा सामाजिक कार्य विवाह, व्रतबन्ध, जन्ममृत्यु संस्कार र पूजा आदि कार्यहरुमा तथा समाजमा कुनै पनि विकासे योजनाको काम गर्नका लागि युवाहरुको जमात कमै देखिएको छ।

२०६४ मा वैदेशिक रोजगार ऐन आएपछि विदेश जाने क्रम अझै उच्च हुँदै गएको विभागका अधिकारी बताउँछन्। नेपाल सरकारले दुबई, कतार, साउदी, मलेसिया, इजिप्ट, फ्रान्सलगायत विश्वका २ सय मुलुकमा वैदेशिक रोजगारीका लागि खुला गरेकामा १ सय ७८ वटा देशमा व्यक्तिगततर्फबाट जाने गरिएको छ भने १ सय ११ वटा देशमा संस्थागत रुपमा विदेश जान खुला गरिएको भुसालले जानकारी दिए।

गरिबी र बेरोजगारी बढी भएको हाम्रो देशको जनसंख्यालाई कृषिले मात्र धान्न नसकी श्रमिकहरु ऋण गरेर भए पनि अर्काको देशमा गई श्रम गर्न बाध्य छन्।

२०६३ सालदेखि हाल २०७०/७१ को मसान्तसम्म वैदेशिक रोजगारमा जाने श्रमिकहरूको तथ्यांकलाई हेर्दा २०६३/६४ मा २ लाख ४ हजार ५ सय ३३ जना र २०६४/६५ मा २ लाख ४९ हजार ५१ जना बिदेसिएका थिए। त्यस्तै आव २०६५/६६ मा २ लाख १९ हजार ९ सय ६५ जना थिए भने आव २०६६/६७ मा २ लाख ९४ हजार ९४ जना, आव २०६७/६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना, आव २०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५ जना, आव २०६९/७० मा ४ लाख ५३ हजार ५ सय ४३ जना, आव २०७०/७१ मा ५ लाख २७ हजार ८ सय १४ जना रहेको पाइन्छ। ६३ देखि ७१ को तथ्यांकलाई मूल्यांकन गर्दा वैदेशिक रोजगारमा जाने कामदारको संख्या वर्षैपिच्छे बढ्दै गएको देखिन्छ।

आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ को मसान्तसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक हेर्दा कोभिड–१९ पछि विदेश जानेको संख्या पुरै घटेको तर त्यो संख्या अहिले उच्च रहेको छ। त्यस्तै आव २०७२/७३ मा ६ लाख ४० हजार ९ सय ८१ जना बिदेसिएका छन् भने आव २०७३/७४ मा ६ लाख ४२ हजार ८ सय ५९ जना रहेका छन्। त्यसैगरी आव २०७४/७५ मा ६ लाख १२ हजार ६ सय ८५ जना, आव २०७५/७६ मा २ लाख ३६ हजार २ सय ११ जना, आव २०७६/७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना, आव २०७७/७८ मा १ लाख ६६ हजार ६ सय ९८ जना र आव २०७८/७९ मा ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024