रुस–युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

1 Mar, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

मानव तस्करी गरी नेपालीलाई रुस–युक्रेन युद्धमा लगेको उल्लेख गर्दै राप्रपा सांसदहरूले यस विषयमा परराष्ट्र मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो।

सांसद ज्ञानबहादुर शाही प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा विना लामा, अनिशा नेपाली र विना जैसवाल रहेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024