रुसी सेनामा भर्ती भएको दुई महिनामै मारिए स्याङ्जाका हरि अर्याल

5 Jan, 2024

स्याङ्जा : रुस–युक्रेन युद्धमा स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अर्यालको मृत्युबारे मंगलबार (पुष १७) गते मात्र वालिङ नगरपालिका १४ का अध्यक्ष बोधराज कुँवर (राजु)लाई आधिकारिक जानकारी गराएको थियो।

नेपाली सेनामा भर्ती भएका झण्डै ३ वर्षपछि राजीनामा दिएर उनी दुबई गएको पारिवारिक स्रोतले जनाएको छ। दुबईबाटै कात्तिक ३ मा उनी रुस पुगे लगत्तै पाँचौं दिनमा रुसी सेनामा भर्ती भए।

मंसिर १९ सम्म उनी परिवारको सम्पर्कमा रहेका थिए भने त्यसपछि सम्पर्कविहीन बने। त्यसपछि एकाएक उनको मृत्युको खबर प्राप्त भएको छ। रुसी सेनामा भर्ती भएका स्याङ्जा पुतलीबजार नगरपालिका–५ का पितम कार्कीको पनि एक महिनाअघि युद्धकै क्रममा ज्यान गएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024