रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रहः स्वदेश फर्काउन पहल गरिदिनुस्

5 Feb, 2024

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन्।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन्।

उनीहरुले सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरुको आग्रह छ। रुसी सेनाबाट भागेर नेपाल फर्किनुभएका खोटाङका सुमन राईले नेपालीहरुलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए। उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शुन्य बराबर हुने बताए। उनले रुसी सेनाले नेपालीहरुलाई सबैभन्द्या अगाडि लगाइ युद्ध गराउने गरेको बताए।

युक्रेनीहरु क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालीरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024