महेश केसी
रुकुम पूर्व — सिस्ने गाउँपालिका ५ टाकुराका ६० वर्षीय अनन्त बस्नेत विगत २ वर्षदेखि सम्पर्कविहीन भएका छन् । १० वर्षअघि ज्वाईंसँग भारतमा मजदुरी गर्न गएका बस्नेत ८ वर्षपछि २०७८ माघमा परिवारको सम्पर्कमा आएको र त्यसपछि फेरि गायब भएको उनकी छोरी सुनिता गौतम बस्नेतले जानकारी दिइन् ।
छोरी सुनिताले भनिन्, ‘दुई वर्षअघि गाउँकै एक जनाले भारतको केरालामा देखेको भनेर ठाउँ बताएपछि श्रीमान् जानुभयो । भेट्नु पनि भयो तर फेरि सम्पर्कविहीन हुनुभयो ।’
भारतमा ससुरा खोज्न गएका अनन्तका ज्वाइँ पनि त्यही बेला बिरामी परेर रित्तो हात नेपाल फर्किएको र उपचार गर्दागर्दै आफ्ना श्रीमान्को निधन भएको सुनिताले सुनाइन् ।
उनले भनिन्, ‘हामी दुई छोरीमात्रै हौं । घरमा आमा हुनुहुन्छ । बालाई खोजिदिने पनि कोही छैन । दुई वर्षअघि बा घर फर्किनुहुन्छ भन्ने ठूलो आस गरेर बसेका थियौं तर उहाा घर नै फर्किनुभएन । हाम्रो सबै आशा निराशामा बदलियो ।’