रुकुमका विनोद केसी साउदीमा सम्पर्कविहीन

12 Mar, 2025

विष्णु घिमिरे

साउदी : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका रुकुम सिस्ने गाउँपालिका-६ का ३६ वर्षीय विनोद केसी सम्पर्कविहीन भएका छन्। उनी साउदी अरेबियाको किल्डिन कुङ्ग्स पार्टनर कम्पनीमा भवन निर्माण सिकर्मीका रूपमा काम गर्न सन् २०१६ मा साउदी पुगेका थिए।

परिवारका अनुसार केसी गत साउन ८ गतेसम्म सम्पर्कमा रहेका र त्यस पश्चात् सम्पर्कविहीन छन्। उनका सहकर्मीले पुलिसले जेद्दामा रहेको अलहायाबाट उनलाई पक्राउ गरी लगेको र के कारणले लग्यो भने थाहा नभएको बताए।

साउदी स्थित नेपाली वाणिज्य दुतावास खोजी कार्यको लागि निवेदन गरेको तर खोजी गर्दा विनोद कतैको जेलमा पनि नभएको खबर प्राप्त भएको बताए। परिवारका अनुसार गत असोज कार्तिकमा घर आउने तरखरमा रहेका विनोद एक्कासि सम्पर्कविहीन बनेका हुन्।

सम्पर्कविहीन भएका केसीको बारेमा दुतावासले खोजीका लागि विभिन्न सम्बन्धित निकायसँग सम्पर्क गरी खोजीकार्य गरेको र अझैसम्म पनि यहीँ ठाउँमा रहेको पनि किटान गर्न नसक्ने अवस्था रहेको बताए।

सम्पर्कविहीन केसीलाई खोजी कार्यमा सहयोग गरिदिन परिवारले साउदी दूतावास लगायत विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गरेका छन्। केसीका परिवारमा ७० वर्षीय वृद्ध आमा तथा दुई भाई छोरा र श्रीमती छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024