रसिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

16 Feb, 2023

काठमाडौं : वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरका ३० वर्षीय मिलन तामाङ रहेको प्रहरीले जनाएको छ।

उनले गणेश बीसीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्ने, त्यहाँ पुगेपछि कन्ट्रक्सनमा लेवर काम लगाइदिने भन्दै आश्वसन दिइ रकम ठगी गरेको आरोप उनीमाथि छ।

पीडितहरूबाट १ लाख ६५ हजार रकम लिइ तामाङ सम्पर्कविहीन भएपछि उनीविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा खोजतलासका क्रममा तामाङलाई प्रहरीले काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई थप अनुन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024