यूएई र कतारका जेलमा रहेका १८४ नेपालीले पाए आममाफी

2 Apr, 2025

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट ‘डिपोर्टेसन सेन्टर’मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।आममाफी दिइएकामा युएई सरकारप्रति नेपाल सरकारले कृतज्ञता ज्ञापन गरेको छ ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमुना भएको जनाएको छ ।

यस्तै, कतारले पनि कैद भुक्तान गरिरहेका १८ नेपालीलाई आममाफी दिएको छ । यसरी आममाफी पाउनेमा तोकिएको कैद सजाय पूरा गर्ने अन्तिम चरणमा रहेकाहरू छन् । कतिपय भने जरिवाना तिर्न नसकेर तोकिएको कैद भुक्तान गरिसक्दा पनि जेलमै थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024