यूएई बस दुर्घटना : १ को मृत्यु, घाइते १३ नेपाली महिला उपचाररत [अपडेट]

17 Jan, 2020

काठमाडौँ — यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा घाइते १३ नेपाली महिलाको पहिचान खुलेको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार दिउँसोसम्म १ को मृत्यु र १३ घाइतेको नाम र ठेगाना थाह भएको छ । घाइतेमध्ये १६ मध्ये ३ जना क्याम्प फर्किएका छन् ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, काउन्सिलर रीता धिताल र श्रम काउन्सिलर भेषबहादुर कार्की अस्तापल पुगी कम्पनीका प्रतिनिधिसँग दुर्घटनामा परेका नेपालीको अवस्था बुझ्दै । तस्बिर सौजन्य : नेपाली दूतावास

नेपाली दूतावासका प्रवक्ता रीता धितालले मृत्यु भएको ६ मध्ये १ जना मात्रै नेपाली महिलाको सनाखत भएको बताइन्। उनले कान्तिपुरसँग भनिन्, ‘हामी अहिले पनि अस्पतालमै छौं, दुर्घटनामा अन्य देशका नागरिकसमेत परेको छ। जसको कारणले कति नेपाली महिलाको मृत्यु भयो भन्ने खुलिसकेको छैन।’ घाइतेमध्ये तीन जना कोमामा छन्।दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो।

दूतावासका अनुसार घाइतेहरुमध्ये पालुङ मकवानपुरकी रिता सिवाकोटी,चापागाउँ ललितपुरकी कमला नेपाली, खुदुनाबारी झापाकी मुना राना, दाङ घोराहीकी आशा घर्ती मगर र ठेगाना नखुलेको सुजला विश्वकर्माको माफ्राक अस्पतालमा उपचार भइरहेको छ।

एनएमसी अस्पतालमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र ईलामकी सिता सुब्बाको उपचार भइरहेको छ। हेटौंडाकी मिना थिङ, नुवाकोटकी सरिता तामाङ, धरानकी वर्षा विश्वकर्माको भने अलरहा अस्पतालमा उपचार जारी छ।उनीहरु एमबीएम क्लिनिङ कम्पनीमा कार्यरत थिए।

………………यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा एक जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा पाकिस्तानी चालक तथा एक श्रीलंकाली महिलाको मृत्यु भएको छ। मृतकमध्ये ३ जनाको सनाखत भएको छैन।

बिहीबार बिहान अधिकांश नेपाली कामदार चढेको मिनिबस आबुधाबीको शेख जायद बिन सुल्तान सडकमा लरीसँग ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। घाइतेमध्ये १६ जना नेपाली नागरिक रहेको दूतावासले जनाएकाे छ।

घाइतेहरुको माफराक र अन्य अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका छन्।

आबुधाबी प्रहरीका अनुसार एउटा कारको हेलचेक्र्याइँका बस दुर्घटनामा परेकाे हो। कामदार चढेको बसले गति कम गर्न नसक्दा अगाडि रहेको लरीसँग ठोक्किएकोप्रहरीले सार्वजनिक गरेको भिडियोमा देखिन्छ। लरीले अगाडिगुडिरहेको कार एक्कासि रोकिएपछिगति कम गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024