यूएईमा १६६ जना नेपालीलाई आममाफी

2 Apr, 2025

१९ चैत, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ ।

पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई सरकारले त्यहाँ बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली बन्दीलाई आममाफी दिएकोमा यूएई सरकारप्रति मन्त्रालयले कृतज्ञता ज्ञापन गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024