युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार

30 Mar, 2022

काठमाडौं : सरकारले युद्धग्रस्त युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार गरेको छ। बर्लिन र मस्को दूतावास, गैरआवासीय नेपालीको संस्था एनआरएनए र अरू अन्तर्राष्ट्रिय समुदायको सहयोगमा युक्रेनमा रहेका नेपालीलाई उद्वार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ६ सयभन्दा बढी नेपालीलाई युक्रेन सीमाबाट बाहिर निकालेको जानकारी दिइन्। ‘उद्वार गरेकोलाई व्यवस्थापनमा अफ्ठ्यारा छन्। तर मानवीय क्षति छैन,’ उनले भनिन्। उनका अनुसार युक्रेनबाट निकालिएकाहरु नेपाल फर्किन्छौं भन्नेमा छैनन्।

लम्सालले युक्रेन संकटमा संयुक्त राष्ट्रसंघको आपतकालीन बैठकहरूमा नेपालले आफ्नो नीतिअनुसार तीनवटै नियोगमार्फत् आफ्नो मत जाहेर गरेको पनि बताइन्। ‘महासभामा भएको आपतकालीनमा पनि युक्रेनको पक्षमा भोटिङ गरेका छौं। जेनेभामा पनि भोट गरेका छौं। युक्रेनको ह्युमन राइटस्को सवालमा पनि पक्षमा मतदान गरेको हो,’ उनले भनिन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024