युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

3 Feb, 2025

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने ४५ वर्षीय वसन्त योगीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

योगीले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024