युएईमा विभिन्न सजाय भोगिरहेका १६६ नेपालीले पाए आममाफी

2 Apr, 2025

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न सजाय भोगिरहेका १६६ जना नेपाली कैदीहरूले आममाफी पाएका छन्।

उनीहरूलाई त्यहाँको सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान र इद पर्वको अवसरमा आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आममाफीका लागि नेपाल सरकारले युएई सरकारलाई धन्यबाद दिएको छ।

‘मानवीय आधारमा दिइएको आममाफीलाई मन्त्रालय नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धमा आत्मीयताको प्रतीकका रूपमा उच्च मूल्यांकन गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

आममाफीका लागि नेपाल सरकारले पनि युएईस्थित नेपाली दूतावासमार्फत पहल गरेको मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024